Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रेस स्वतन्त्रता कानुन बनेमा कडा प्रतिरोध गर्नेछौं -अध्यक्ष आचार्य


  • बुधबार, फाल्गुन ८ २०७५

  • प्रेस स्वतन्त्रता कानुन बनेमा कडा प्रतिरोध गर्नेछौं -अध्यक्ष आचार्य

    पोखरा- पोखरामा विहिबारदेखि हुने नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशनको तयारी पूरा भएको छ ।
    नेपाल पत्रकार महासंघको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा दुई दिन सञ्चालन हुने उक्त कार्यक्रमको अन्तिम तयारी पूरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
    देशभरका ७७ वटै जिल्लाबाट झण्डै १ हजार ६ सय पत्रकार तथा पर्यवेक्षक पोखरामा सहभागी हुनेछन् । उक्त अधिवेशनको लागि पोखरामा पर्यटकीय स्तरीय होटलका करिब ६ सय ५० रुममा व्यवस्थापन गर्ने गरी तयारी गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।
    कार्यक्रम सफल पार्न विभिन्न २७ वटा उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी वहन गर्दै काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । विहीबार पोखरामा सृजनाचोकबाट नौमती बाजागाजा सहित झाँकी प्रर्दशन गरिने भएको छ । कार्यक्रममा करिब १० जनजातिको झाँकी प्रदर्शन गर्ने तयारी गरिएको महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारीले बताईन् ।
    उक्त अधिवेशनको प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले गर्ने कार्यक्रम तय गरिएको महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले बताए । कार्यक्रमको अवसरमा गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष २०१९ घोषणा गरिने भएको छ ।
    नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले देश पुनः संरचनामा गएसंगै महासंघमा पनि पुनः संरचनाको खाका अधिवेशनले तयार गर्ने बताए । उनले श्रमजीवि पत्रकारको मुद्धामा नझुक्ने जनाए । श्रमजीवि ऐन कार्यान्वयन गराउने तर्फ उन्मुख भएको अध्यक्ष आचार्यले बताएका हुन ।
    राज्यले संरक्षण नीति बनाउको लागि अधिवेशनले शाखा बनाउने बताउँदै अध्यक्ष आचार्यले स्वरोजगार मुलक मिडिया बनाउनेतर्फ उन्मुख हुने जनाए । उनले भने “प्रेस स्वतन्त्रता बिरोधी कानुन बनेमा संघर्ष गर्नेछौं, पत्रकारले आन्तरिक रुपमा पस्केका समाचार सामाग्रीको बारेमा स्वयं नियमन आफै गर्नुपर्छ ।” अरुले हस्तक्षेप गर्न नपाउने गरी महासंघको संस्थागत विकास र शाखा मजबुत पार्न खाका तयार गर्ने लगायतका योजना बनाउने उनले बताए ।
    निर्वाचन प्रणालीमार्फत एकै दिनमा जिल्ला, प्रदेश, केन्द्रीय अधिवेशन हुने गरी अधिवेशनको मुख्य मुद्धा रहने भएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न करिब ६० लाख खर्च लाग्ने बताईएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij