काठमाडौंँ– सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गरेको छ । बिहीबार राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको उद्घाटन गरेका छन् ।
उक्त कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले योजना अन्र्तगत जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने बताए । उनले स्वदेशी लगानीमै नेपालभित्र ३ हजार मेघावाटभन्दा बढि जलविद्युत आयोजना सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले कार्यक्रमको औपचारिक घोषणा गरिएको जनाए ।
मन्त्री पुनले ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नारा तय गरिए अन्तरगत सरकारले ३ हजार ७ सय ७९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको जनाए ।
मन्त्री पुनले कम्पनी मोडलमा आयोजना निर्माण गरिने भन्दै नाफाको ग्यारेण्टीसहित आयोजनामा २०९ खर्व स्वदेशी लगानी हुने जानकारी दिए ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
