सीड्नी सीटी कलेज, पारामाटाको निमन्त्रणामा कम्बोडियाको बेल्टेइ ग्रुप अन्तर्गत बेल्टेइ इन्टरनेशनल स्कुलका एघार सदस्यीय बिध्यार्थीहरु दुइ हप्ते शैक्षिक भ्रमणका लागि मंगलबार सीड्नी आइपुगेका छन । नेपालीको स्वामित्वमा रहेको सीड्नी सीटी कलेजले बिध्यार्थी आदान प्रदान अन्तर्गत कम्बोडियामा रहेको बेल्टेइ इन्टरनेशनलसँग आपसी सम्वन्ध गाँंसेको एक बर्षपछि एघार सदस्यीय कम्बोडियन बिध्यार्थी टोली डेढ हप्ते अध्यन भ्रमणका लागि अस्ट्रेलिया आइपुगेको कलेजकी कार्यकारी प्रमुख रन्जु थापाले बताइन ।
मंगलबार साझ कम्बोडियन टोलीलाई सीडनीमा स्वागत गर्दै कलेजकी प्राचार्य रन्जु थापाले अस्ट्रेलियाको भेट शिक्षाका बारेमा जानकारी दिने उद्देस्यले कलेजले दुइ देशबिच शैक्षिक भ्रमणको आदान प्रदान सुरु गरेको बताइन । कार्यकारी थापाका अनुसार कम्बाडियावाट आएका दश बिध्यार्थी र एक ब्यवस्थापकले कलेजमा करिब आठ दिन नेतृत्व बिकास सम्वन्धी कक्षामा सामेल हुनेछन । यहाँंको प्राविधिक शिक्षा र भेट कोर्षको महत्व अनि यसले बिध्यार्थी जिवनमा पार्ने सकरात्मक प्रभावलाई हामीले कम्बोडियासँंग जोड्ने प्रयास गरेका हौ । पहिलो प्रयासमा हामी सफल भएका छौ, आगामी दिनमा हामी नेपालकै दश जोड दुइ कलेजहरुवाट समेत शैक्षिक भ्रमणमा बिध्यार्थी ल्याउने योजनामा रहेका छौ, थापाले बिस्तारमा बताइन । 
कार्यक्रममा कम्बोडियन बेल्टेइ कलेजकी शैक्षिक उप ब्यवस्थापक सोकोम लीले पहिलो पटक कम्बोडियाका बिध्यार्थीहरु शैक्षिक भ्रमणमा अस्ट्रेलिया आएको बताउदै यसमा सामेल भएर यहाँंको शैक्षिक गतिविधी नियाल्न पाउनु गर्वको बिषय भएको बताइन । कार्यक्रममा सिडनी सीटी कलेजले कम्बोडियन बिध्यार्थीहरुलाई सोभीनियर प्रदान गरेको थियो । कलेजका प्राचार्य नरेश थापाले कम्बोडियन बिध्यार्थीहरुलाई कलेजको लोगो अंकीत भेष्ट, टोपी, कलम लगायतका सामाग्री प्रदान गरे । कार्यक्रममा कलेज कम्बोडियन बिध्यार्थीको सम्मानमा रात्रिभोजको समेत आयोजना गरेको थियो । शैक्षिक भ्रमणमा सहभागि बिध्यार्थी पार्क रानावानले पहिलो अस्ट्रेलिया भ्रमणमा धेरै कुरा सिक्ने मौका मिल्ने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
