Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरु सक्रिय भए – प्रधानमन्त्री


  • सोमबार, माघ २८ २०७५

  • जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरु सक्रिय भए – प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतामा निराशा फैल्याउने स्वार्थी तत्वहरुले प्रयास गरिरहेको हुँदा त्यसमा सचेत रहन सबैलाई आग्रह गरे ।
    आज गृह मन्त्रालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न पनि सबैलाई आह्वान गरेका छन् ।
    प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए । मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भइरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
    उनले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत्र दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको दावी गरे ।
    प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij