Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको निधन


  • शनिबार, माघ २६ २०७५

  • फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको निधन

    पाँचथर-पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको निधन भएको छ । शनिबार स्वास्थ्यमा समस्या देखाएपछि उपचारका लागि इलाम पुर्याइएका नेम्बाङको इलाममै मृत्यु भएको हो ।

    वडाले आयोजना गरेको क्षमता विकास तालिम कार्यक्रममा बोल्ने क्रममा बेहोस भएका उनलाई तत्काल उपचारका लागि इलाम तर्फ लगिएको थियो । इलामबाट झापा तर्फ लैजाने तयारीका क्रममा उनको निधन भएको हो ।

    स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट नेम्बाङ विजयी भएका थिए । साहित्यकारसमेत रहेका नेम्बाङ पाँचथरका अब्बल क्षमताका मानिन्थे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij