Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा पत्रकार महासंघको विधान संशोधनको तयारी तीब्र


  • शनिबार, माघ २६ २०७५

  • पोखरामा पत्रकार महासंघको विधान संशोधनको तयारी तीब्र

    पोखरा- नेपाल पत्रकार महासँघको आयोजनामा पोखरामा फागुन ९ र १० गते हुने विधान अधिवेशनको तयारी पत्रकार महासँघ कास्कीले तिब्र रुपमा शुरु गरेको छ ।
    यसै क्रममा पोखरामा शनिवार तयारी भेला सँगै पत्रकार हरुको पारिवारिक भनभोजको समेत आयोजना गरियो ।
    भेलामा बोल्दै नेपाल पत्रकार महासँघका केन्द्रीय महासचिव रमेश विष्टले पोखरा अधिवेशन पछि नेपाल पत्रकारिताको इतिहासमा नया अभ्यास शुरु हुने बताए । उनले अब पत्रकार महासँघमा निर्वाचित हुनेहरु पुर्ण लोकतान्त्रिक प्रकृया बाट चुनिने र गैर पत्रकारहरु पत्रकार बन्न नपाउने गरि विधान सँशोधन हुने बताउँदै भने–“धेरै प्रक्रियाहरुलाई तोडेर संयमका साथ व्यवहारिक रुपमा मसिनो रुपमा केलाउँदै महासंघ अघि वढदैछ ।”
    भेलामा बोल्दै नेपाल पत्रकार महासँघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले नेपाल पत्रकार महासँघको विधान अधिवेशनको जिम्मा कास्की शाखाले लिएकोमा खुशि व्यक्त गर्दै तयारीमा लाग्न आग्रह गर्दै महासघलाई जिवन्त बनाई राख्न विधान संशोधन आवश्यक रहेको बताए ।
    नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य राम कृष्ण ज्ञवालीले देश भरिका पत्रकारहरुको जमघट पोखरामा हुन लागेकोले पोखराको लागि यो गौरवको विषय भएको बताउँदै सबै पोखरेली पत्रकारहरुको काँधमा अधिबेशन सफल बनाउन ठूलो जिम्मेवारी आएको बताए ।
    महासँघको विधान अधिवेशन सफल पार्न पोखराका सबै पत्रकारहरुलाइ समेटेर विभिन्न उपसमिति गठन गरि काम अगाडि बढाइएको नेपाल पत्रकार महासँघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।
    फागुण ९ र १० गते हुने विधान अधिवेशनमा देश भरिबाट १ हजार ५ सय भन्दा बढि पत्रकार पोखरामा जम्मा हुने छन । यसै विच लामाचौरका समाजसेवि शविन जिसीले नेपाल पत्रकार महासँघ कास्कीलाई आर्थिक सहयोग गरेका छन । उनले नगद ७ हजार नेपाल पत्रकार महासँघका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई प्रदान गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij