काठमाडौँ– विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आज राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको राजदूत पदमा नियुक्त भएका डा= अन्जान शाक्य, संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको राजदूतरस्थायी प्रतिनिधि पदका लागि नियुक्त भएका अमृतबहादुर राई र जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको राजदूतरस्थायी प्रतिनिधि पदका लागि नियुक्त भएका मणिप्रसाद भट्टराईलाई सपथ गराएकी हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
