Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देशभर कांग्रेसकाे विरोध प्रदर्शन


  • सोमबार, माघ २१ २०७५

  • देशभर कांग्रेसकाे विरोध प्रदर्शन

    काठमाडौं– आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशैभर सरकारविरूद्ध प्रदर्शन गरेको छ ।
    उपत्यका बाहिरका जिल्लामा बिहान ११ बजेदेखि सडकमा प्रर्दशन गरेको थियो भने काठमाडौंमा दिउँसो १ बजेबाट प्रर्दशन गरेको कांग्रेसले जनाएको छ ।
    वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचार, निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाही नहुनु, स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत बिना प्रतिस्पर्धा चाइना गेजुवा कम्पनीलाई दिनेलगायत मुद्दा कांग्रेसले विरोध सभामा उठाएको छ ।
    कांग्रेसले आयोजना गरेको सरकारविरूद्ध प्रर्दशनमा तरूण दल, नेविसंघ, महिला संघलगायत भातृ संगठन पनि सहभागी भएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij