Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु


  • आइतबार, माघ २० २०७५

  • मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

    हेटौंडा- मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
    फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।
    दुर्घटनामा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमा र सोही स्थानका ५० वर्षीय बखत राईकोे उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा परी घाइते जनकल्याण आधारभूत विद्यालय लमकन्नाकी शिक्षिका शिवमाया मगर, शक्ति राई, मोहन राई , कृष्ण राई र तिलक राईलाई उपचारका लागि हेटौँडा ल्याइएको छ भने उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।
    ट्याक्टर अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij