Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बारामा गाडी दुर्घटना हुँदा सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर घाइते


  • आइतबार, माघ १३ २०७५

  • बारामा गाडी दुर्घटना हुँदा सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर घाइते

    काठमाडौं–बाराको पथलैया नजिकै गाडी दुर्घटनामा हुँदा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको मृत्यु भएको छ भने प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई घाइते भएका छन् ।
    शनिबार साँझ बाराको निजगढस्थित हिरालाल पार्कको पिकनिकसहितको कार्यक्रम सकाएर फर्किरहेको अवस्थामा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी ट्याक्टरको ट्रलीसँग ठोक्किएर दुर्घटना हुँदा सशस्त्र प्रहरीका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    प्रजिअ भट्टराईको टाउँकोमा चोट लागेको र रगत जमेको चिकित्सकहरूले जनाएको छ। वीरगन्जमा रहेका न्यूरो सर्जनको टोलीले तत्कालै उनको अप्रेसन गरेर टाउकोमा जमेको रगतलाई निकालिसकेका छन्। उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ।
    उक्त दुर्घटनामा जिप चालक र दुई सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ ।
    उनिहरुको उपचार वीरगंजस्थित वीरगंज हेल्थ केयरमा भइरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij