Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू


  • बिहिबार, माघ १० २०७५

  • यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू

    काठमाडौँ-सरकारले माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत्  सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निर्णयबारे जानकारी दिएका हुन्।

    १. महाअभियोग सम्बन्धि कानुनलाई एकीकरण र संसोधन गर्न बनेको विधेयक बनाउन सैद्धान्तिक स्वीकृती दिने निर्णय गरेको छ ।

    २. विश्व बैंकको नेपाललको मताधिकार कायम राख्न शेयर खरिद गर्ने निर्णय गरिएको छ । विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय पुननिर्माण तथा विकास बैंकको शेयर खरिद गर्ने निर्णय गरिएको हो । हाल उक्त बैंकमा नेपालको शेयर १४०५ कित्ता रहेको थप ३०९ कित्ता खरिद गरि १७१४ कित्ता शेयर नेपालको हुने भएको छ ।

    ३. युरोपियन युनियनको डेलिगेसन टु नेपालको प्राविधिक सहायता अनुदान करिब २० लाख युरो स्वीकार गर्ने निर्णय गरेको छ । प्राप्त अनुदान नगर विकास कोषमार्फत विभिन्न १५ वटा नगरपालिकाहरुको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्न खर्च हुनेछ ।

    ४. पुननिर्माणका लागि साउदी कोष सँग ऋण सहायता प्राप्तिको लागि अर्थमन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरि अख्तियारी दिने निर्णय गरेको छ । साउदी कोषले ३० मिलियन अमेरिकी डलर पुननिर्माणको निमित्त सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यो ऋण सहायताको ब्याजदर एक प्रतिशतको हुने र २५ वर्ष सम्ममा चुक्ता गर्नुपर्नेछ ।

    ५. गोरखकाली रबर उद्योग लिमिटेडका कर्मचारीहरुलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ । साथै उद्योगको वैकल्पिक ब्यबस्थापन गर्ने निर्णय पनि भएको छ ।

    ६. नेपाल औषधि लिमिटेडका महाप्रबन्धक ड़ा रोभश कुशुम सुवेदीले दिएको राजिनामा स्वीकृत गरिएको छ ।

    ७. नेपाल भारत वाणिज्य सन्धि २००९को पुनरावलोकन सम्बन्धि दोस्रो बैठकको लागि उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सहसचिव रवि शंकर सैंजुको संयोजकत्वम वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । पुनरावलोकन सम्बन्धि दोस्रो बैठक माघ महिनाको अन्तिम हप्तामा गर्ने गरि तयारी भैरहेको छ ।

    ८. अफ्रिकन स्वाइन फिभर रोग सार्न सक्ने वस्तुको पैठारीमा रोक लगाउने निर्णय गरेको छ ।

    ९. नुवाकोटको दुप्चेस्वरमा भएको बस दुर्घटनाका घाइतेहरुको उपचार खच सरकारले ब्येहोर्ने निर्णय गरिएको छ ।

    १०. क्षेत्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र र गोदाम घरहरुलाई प्रदेश स्तरमा रुपान्तरण गरि सञ्चालन गर्ने निर्णय गरेको छ ।

    ११. नेपाल सरकार र ओमान सरकारबीच कुटनैतिक तथा सरकारीरविशेष सेवा राहदानी बाहकहरुलाई एक अर्को मुलुकमा भ्रमण गर्दा प्रवेशआज्ञा छुट दिने सम्झौता स्वीकृत गरिएको छ ।

    १२. जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनि लिमिटेडको महाप्रबन्धक पदमा ललितपुर ठैवका ज्ञानेश्वर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    १३. रक्सौल अमलेखगंज पेट्रोलियम पाइपलाइन बिछ्याउनको लागि बाटोमा पर्ने रुख कटान गरि हटाउन अनुमति दिने निर्णय गरेको छ ।

    १४. स्थानीय सेवाको गठन, सञ्चालन, व्यबस्थापन, सेवाका शर्त तथा सुबिधा सम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड निर्धारण गर्नेगरी संघिय कानुन तर्जुमा प्रक्रिया अगाडी बढाउन संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

    १५. राजपत्राङ्कित बिशिष्ट श्रेणी वा सो सरहका सरकारी कर्मचारीहरुको समायोजन गर्ने निर्णय गरेको छ ।

    १६. विदेशी कुटनैतिक नियोगहरुलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । जसअनुसार दुतावासको कार्यालयको लागि १२ रोपनी, राजदूत निवासको लागि थप ४ रोपनी, वाणिज्य दुतावासको लागि बढीमा ८ रोपनी र महावाणिज्य दुतको निवावको लागि ३ रोपनी जग्गा लिजमा वा रजिष्ट्रेशन पास गरि उपलब्ध गराउने निर्णय गरेको छ ।

    १७. भाषा आयोगको सदस्य पदमा उषा हमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    १८. सशश्त्र द्वन्दको क्रममा घाइते अपाङ्ग भएका, राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका दैलेखका नरवीर दमाई, कालिकोटका मन दर्जी, जुम्लाका बीरबहादुर परियार लगायत ४४ जनालाई औषध उपचार खर्चको लागि १० लाख सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij