Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियामा एक नेपालीलाई आठ महिना सजाँय


  • बुधबार, माघ ९ २०७५

  • अस्ट्रेलियामा एक नेपालीलाई आठ महिना  सजाँय

    अस्ट्रेलिया- एजकेयरमा एआइएनका रुपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई कार्यस्थलमा एक वृद्धलाई कुटपीट गरेको आरोपमा आज सिडनीको म्यानलीस्थीत अदालतले दोषि ठहर गर्दै आठ महिनाको जेल सजाँय सुनाएको छ । तर अभियुक्त पौडेलले चार महिनापछि बेलका लागि आवेदन दिन भने सक्नेछन । एबीसी न्युज च्यानलले जनाए अनुसार गत सेप्टेम्बरमा बुपा अन्तर्गत उत्तरी सीडनी क्षेत्रको नसिंङ होम्समा कार्यरत ३६ बर्षिय नेपाली युवा प्रकाश पौडेलले ८२ बर्षिय वृद्धमाथी हातपात गरेका भिडियो सार्वजनिक भएको थियो । नसिंङ होम्समा डिमेन्सीया रोगीका रुपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भिडियो बिरामीको परिवारले सार्वजनिक गरेको थियो । विरामी डेविड नाबुसीकी छोरीले कोठामा लुकाएर क्यामरा राखेपछि प्रकाशले वृद्धमाथि हातपात गरेको भिडियो सार्वजनिक भएको थियो । पौडेलले गत महिनानै कानुनी कारबाहीका क्रममा गल्ती भएको र क्षमा दिन आग्रह गरेपनि परिवारले यो असह्य गल्ती भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij