वार्सवा -पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ ।
परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् ।
‘उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,’ गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा. टोमाज स्टेफनिकले भने ।
मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
