काठमाडौं– सरकारले अस्ट्रेलियाकी लागि नेपाली राजदूत लक्की शेर्पालाई पदमुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मानव तस्करीको आरोप लागेकी उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले पदीय मर्यादा विपरितको गतिविधि गरेको गुनासो आएपछि सुरुमा स्पष्टिकरण सोधेको थियो भने त्यसपछि छानबिन समिति नै गठन गरेको थियो ।
छानबिन समितिले उनलाई दोषी देखाउँदै बर्खास्त गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सोमबार निर्णय लिएको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
