Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वाइड बडी खरिदमा अनुमानका भरमा नाम जोडियो – अधिकारी


  • सोमबार, पुष २३ २०७५

  • वाइड बडी खरिदमा अनुमानका भरमा नाम जोडियो – अधिकारी

    काठमाडौं -संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पाल बायुसेवा निगमले खरिद गरेका २ वटा वाइड बडीमा आफ्नो कुनै संलग्नता नभएको दावी गरे ।
    सोमबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री अधिकारीले वाइड बडी खरिदमा आफूले पछिल्लो दुई किस्ताको रकममात्र निकासा गरिदिएको बताएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले भने ‘मैले किस्ता रोकेको भए सरकारले दिएको ९ अर्ब जोखिममा पर्न सक्थ्यो, त्यसको जिम्मेवार को हुन्थ्यो ।’ साथै उनले भने, ‘सर्वोच्च अदालतको आदेशबमोजिम पनि मैले किस्ता रोक्न सक्ने आधार थिएन।’
    मन्त्री अधिकारीले सार्वजनिक लेखा समितिको उपसमितिले तथ्यमा आधारित नभई अनुमानका भरमा पूर्वाग्रह राखेर आफूलाई अनियमिततामा मुछेको आरोप लगाए। आफूले संसदीय समितिमा रहेर काम गरेभन्दा बेग्लै तरिकाले अहिले उपसमितिले अनुसन्धान गरेको उनले दाबी गरे।
    मन्त्री अधिकारीले भने ‘म यो विश्वास दिलाउन चाहन्छु कि म कुनै समस्याबाट भागेर कसैले समाधान निकालोस् भन्ने सोचमा छैन ।’
    मन्त्री अधिकारीले ‘विगतमा सम्मानित संसदका विभिन्न समितिहरूमा रहेर मैले खेलेको भूमिका र विकासप्रतिको मेरो लगाव सबैसामू छर्लंग भएको बताए । संसदीय समितिले खेल्ने भूमिकालाई म उच्च सम्मान तथा आत्मसात् गर्छु। तर यसका नाममा विकासलाई र काम गर्ने मनोबललाई नकारात्मक असर पार्ने कार्य नहोस् भन्ने कामना पनि गर्दछु ।’ उनले भने

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij