काठमाडौं– नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो दल्ने मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा क्रान्तिकारी युवा लिगका कार्यकर्ता चन्द्रागिरी–४ का ३७ वर्षीय सुरेश तामाङ रहेका छन् ।
तामाङलाई थानकोटबाट आइतबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।
वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भुमिका रहेको भन्दै तामाङले कार्यकक्षमा गएर शुक्रबार कालोमोसो दलिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
