काठमाडौं -पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका छन् ।
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा शनिबार यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन् ।
यादव राजनीतिमा आउनु अघि बीपी कोइरालाको निजी चिकित्सक थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका हुन् ।
उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
