Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पुरस्कार पर्‍यो भन्दै सामाजिक सञ्जालबाट ठगी गर्ने ३ जना पक्राउ


  • शुक्रबार, पुष २० २०७५

  • पुरस्कार पर्‍यो भन्दै सामाजिक सञ्जालबाट  ठगी गर्ने ३ जना पक्राउ

    काठमाडौं -प्रहरीले सामाजिक सञ्जाल, भाइबर, ह्वाट्स एपको माध्यमबाट ‘पुरस्कार परेको’ भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा खोटाङ जिल्ला अर्खौली १० का इन्द्र पुरी, खोटाङ जिल्ला विजयखर्क नगरपालिका १५ बस्ने ३३ वर्षीय लेख बहादुर खड्का, सोही जिल्ला मजुवागडी नगरपालिका ७ बस्ने २८ वर्षीय टिकाराम भुजेल रहेका छन्।
    ‘तपाईंहरूलाई ठूलो धनराशीको चिठा परेको छ भन्दै चिठाबापतको रकम प्राप्त गर्न, कर, बैंकिङ प्रक्रिया तथा सेवा शुल्क समेतको लागि केही रकम जम्मा गरे पश्चात त्यो रकम प्राप्त गर्नु हुनेछ’ भनी रकम संकलन गर्नेहरूलाई पक्राउ गरिएको महानगरी प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक खड्काले बताए।
    उनीहरूको साथबाट प्रहरीले ५० हजार नेपाली रुपैयाँ, मोबाइल बरामद गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij