Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौको सतुंगलमा भीषण आगलागी


  • बिहिबार, पुष १९ २०७५

  • काठमाडौको सतुंगलमा भीषण आगलागी

    काठमाडौं–काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुंगलस्थित सिप्रदी ट्रेङिङ अगाडि रहेको एक कपडा तथा कपास गोदाममा भीषण आगलागी भएको छ ।आगलागी नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र लतिलपुरमा रहेको सबै दमकलहरु प्रयोग गरेर नियन्त्रणको प्रयास जारी राखिएको छ ।

    आगलागी नियन्त्रणमा आउन नसकेको र नियन्त्रणमा लिने प्रयास भईरहेको प्रहरिले जनाएको छ  ।

    घटनास्थलमा ६ वटा दमकल र २५ ट्यांकर पानीको प्रयोगमा आगलागी नियन्त्रणमा ल्याउन प्रयास भइरहेको उनले बताए । फ्याक्ट्रीमा ३ वटा प्लक रहेपनि सबै पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।

    ठूलो संख्यामा प्रहरी परिचालन गरेर बालाजु, मातातिर्थ र किर्तीपुर लगायतका क्षेत्रका पानी ट्यांकर समेत परिचालन गरेर आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताईएको छ ।  विवरण आउन बाँकी ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij