Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धादिङबाट २३५ किलो चरेशसहित २ जना पक्राउ


  • बिहिबार, पुष १९ २०७५

  • धादिङबाट २३५ किलो चरेशसहित २ जना पक्राउ

    धादिङ –  धादिङबाट  प्रहरीले ठूलो परिमाणमा चरेश बरामद गरेको छ।  बिहीबार बिहान धादिङ गजुरी गाउँपालिका वडा नं. १ स्थित गजुरीबाट २३५ किलो चरेश बरामद गरेको हो।

    एचआर ३८ एस ९३७१ नम्बरको भारतीय ट्रकबाट मुग्लिन, पर्सा हुँदै भारत लैजान लागिएको चरेश बरामद गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताए। धादिङकै उत्तरी क्षेत्रमा उत्पादन गरी चरेश लुकाइछिपाइ भारत लैजान लागिएको आशंकामा ब्युरोको टोलीले ट्रकको तलासी लिएको थियो।

    तलासी क्रममा चरेशसहित चालक भारत उत्तर प्रदेशका सतेन्द्रसिंह बेघल र कारोबारी पर्सा परेर्वा सुगौली गाउँपालिका १ का मोहम्मद गद्धी पक्राउ परेको पोखरेलले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij