Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले सरकारविरोधी र पार्टी अभियान एकसाथ चलाउने


  • सोमबार, पुष १६ २०७५

  • कांग्रेसले सरकारविरोधी र पार्टी अभियान एकसाथ चलाउने

    काठमाडौँ – कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ ।

    कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने जानकारी दिए । साथै, सुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको भन्दै यसविरुद्ध नागरिक तहमा जाने तयारी पनि कांग्रेसको छ ।

    ‘हामीले महासमिति बैठकबाट समसामयिक प्रस्ताव पारित गर्दै सरकार संस्थागत भ्रष्टाचारमा लागेकोसहितका १५ बुँदा पास गरेका छौँ । अब संसद् र पार्टी संरचनामा सरकारका यी गलत काम र कमजोरीविरुद्ध प्रभावशाली ढंगले आवाज उठाउँछौँ,’ महतले नयाँ पत्रिकासँग भने, ‘यो अभियानसँगै पार्टी संरचनाका काम पनि अब माघ लागेपछि अघि बढ्छन् ।’ नयाँ पत्रिका दैनिकबाट

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij