Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीद्धारा २२ तले धरहराको शिलान्यास


  • बिहिबार, पुष १२ २०७५

  • प्रधानमन्त्रीद्धारा २२ तले धरहराको शिलान्यास

     

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् ।
    गजुरसहितको नयाँ धरहरा २२ तले हुनेछ। यसको उचाइ करिब ७७ मिटर हुनेछ। भुइँचालोले भत्काएको धरहरा ९ तले थियो। नयाँ धरहरा पुरानोभन्दा शहिदगेटतिर १० मिटर अगाडि बन्नेछ। साथै नयाँ धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै भएपनि मोटाइ भने पहिलेको भन्दा बढी हुनेछ।
    ४२ रोपनी फैलने धरहरा नजिकै सङ्ग्रहालयसँगै मनोरम बगैंचासमेत निर्माण गरिने छ। धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बन्नेछ।
    भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ। धरहरा बनाउन ३ अर्ब ४५ करोड रुपैयाँ खर्च हुनेछ।

    बिहिबार भएको शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल,गृहमन्त्री रामबहादुर थापा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत मन्त्रीहरू, नेताहरू उपस्थित भएका थिए।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणको जिम्मा जीआईईटीसी (रमन जेभी) लाई दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij