Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भृकुटीमण्डपमा प्रहरी र यात्रुबीच झडप, ‘पिक एण्ड ड्रप’ अलोकप्रिय बन्दै


  • बुधबार, पुष ११ २०७५

  • भृकुटीमण्डपमा प्रहरी र यात्रुबीच झडप, ‘पिक एण्ड ड्रप’ अलोकप्रिय बन्दै

    काठमाडौं– काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको रत्नपार्क क्षेत्रमा सवारी साधनमा ‘पिक एण्ड ड्रप’ को नीति अलोकप्रिय साबित भएको छ ।
    यो नीति लागु भएपछि यात्रुहरुले दुःख पाएको भन्दै बुधबार बिहान भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरेका छन् । यात्रुहरु आक्रोशित बन्दै मंगलबार पनि विरोधमा उत्रिएका थिए ।
    यात्रुहरु विरोधमा उत्रिएलगत्तै प्रहरीले लाठिचार्ज गरी भीडलाई नियन्त्रणमा लिएको छ । ट्राफिक महाशाखाले जाम हटाउने नाममा प्रहरीले दुःख दिने काम गरेको भन्दै सडक छेक्दै प्रदर्शनमा उत्रिएका थिए ।

    ‘यो नियमले समस्या समाधान गर्नेभन्दा पनि यात्रुलाई सास्ती थपिएको छ,’ गाडी पर्खिरहेकी एक यात्रुले गुनासो गरिन् । यता सवारी चालकहरु पनि यात्रुहरुलाई चढाउन असजिलो भएको बताइरहेका छन् ।

    यात्रुहरु विरोध प्रदर्शनमा उत्रिएलगत्तै सो क्षेत्रको सवारी आवागमन अस्तव्यस्त भएको थियो । प्रहरीको हस्तक्षेपपछि अहिले स्थिति सामान्य रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij