Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिचन्द्र क्याम्पसमा भएकाे आगलागी नियन्त्रणमा


  • आइतबार, पुष ८ २०७५

  • त्रिचन्द्र क्याम्पसमा भएकाे आगलागी नियन्त्रणमा

    काठमाडौं– काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आज साँझ आगलागी भएको छ ।

    जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले स्ववियू कार्यालय नजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी दिए ।

    बेलुका ६ बजेदेखि लागेको आगो दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्यार्थीको सहयोगमा नियन्त्रणमा लिइएको छ । करीब एक घण्टा आगलागी भए पनि कलेज बन्द भएका कारण क्षतिको विवरण आउन सकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij