Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललितपुरमा ट्यासी चालकलाई कुटपिट गर्दै ६ हजार लुटियो


  • बुधबार, पुष ४ २०७५

  • ललितपुरमा ट्यासी चालकलाई कुटपिट गर्दै ६ हजार लुटियो

    काठमाडौं– ललितपुरमा दुई अज्ञात युवाले ट्याक्सी चालकलाई कुटपिट गरेर नगद र मोबाइल लुटेका छन् ।
    ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई व्यक्तिले बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक ४२ वर्षीय डम्बर खड्कामाथि कुटपिट गर्दै चालकको साथमा रहेको ६ हजार रुपैयाँ र मोबाइल लुटेका हुन् ।
    बा १ ज ६१५७ नम्बरका ट्याक्सी चालक खड्का घाइते भएका छन् । उनको देब्रे आँखामा चोट लागेको छ ।
    हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij