Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध उजुरी आह्वान, पुष ११ गतेसम्म उजुरी दिन सकिने


  • सोमबार, पुष २ २०७५

  • प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध उजुरी आह्वान, पुष ११ गतेसम्म उजुरी दिन सकिने

    काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिश चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ।
    सोमबार संसदीय सुनुवाइ समितिले एक सूचना जारी गर्दै जबराविरूद्ध उजुरी आह्वान गरेको छ। जबराविरूद्ध पुस ११ गतेसम्म उजुरी दिन सकिने समितिले जनाएको छ।
    प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्ध आह्वान गरिएको उजुरीको म्याद सकिएपछि समितिले उजुरीकर्तासँग आवश्यक छलफल गर्छ। उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि तत्काल प्रधानन्यायाधीशमा सिफारिस जबरासँग सुनुवाइ हुने समितिले जनाएको छ ।
    समितिले जबराको सुनुवाइ चित्त बुझे प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गर्नेछ। संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij