काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका बुवा यज्ञराज पन्त डिस्चार्ज भएका छन्। पन्तको उपचारमा संलग्न डा. सरोज ओझाका अनुसार पूर्ण रुपमा स्वस्थ भएपछि उनलाई आइतवार अपराह्न डिस्चार्ज गरिएको हो।
छोरीका हत्यारालाई कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसिरहेका यज्ञराजले असामान्य व्यवहार देखाउन थालेपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनलाई मंसिर ९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
चिकित्सकका अनुसार यज्ञराज मानसिक तनाव र थाइराइडको समस्याका कारण विरामी भएको र पूर्ण स्वस्थ भएपछि आज डिस्चार्ज गरिएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
