काठमाडौं– गुण व्युटिसियन ट्रेनिङ सेन्टरले आफ्नो शाखा काठमाडौंको तीनकुनेमा खोलेको छ । उक्त शाखाको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले गरेकी थिइन ।
शाखा उद्घाटन पछि बोल्दै उप मेयर खड्गीले घरको चुल्होमा मात्र सिमित नरही महिलाहरु पनि आफ्नै खुट्टामा उभिनुपर्नेमा बताइन् । देशको समृद्धिको यात्रामा महिलाहरु पनि सशक्त रुपमा अगाडी बढ्नुपर्ने कुरामा जोड दिँदे उपमेयर खड्गीले सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने बताइन् ।
गुण ब्युटिसियन ट्रेनिङ सेन्टरकी संचालक गुण ताम्राकारले महिला दिदीबहिनीहरुलाई आफ्नो खुट्टामा उभिनसक्ने बनाउनु नै आफ्नो प्रमुख उद्देश्य भएको बताइने । आफुले ट्रेनिङ सेन्टरको शुरुवात व्यापार वा नाफाको उद्देश्यले नभई, महिलाहरुको उत्थानको उद्देश्यले शाखा विस्तार गरेको ताम्राकारले स्पष्ट पारिन ।
‘आज पनि धेरै महिला दिदीबहिनीहरुले आर्थिक, सामाजिक समस्या भोगि नै रहेका छन्, सीप हातमा भयो भने, आफ्नै खुट्टामा उभिन सकिन्छ, आफ्नौ जन्मभूमिमै केही गर्न सकिन्छ’ ताम्राकारको भनाई थियो ।
गुण व्युटिसियन ट्रेनिङ सेन्टरले आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर तीनुकने शाखाको शुरुवात गरेको हो । विगतमा ट्रेनिङ सेन्टरबाट हेयर कटिङ, व्युटिसियनको साथमा व्युटि प्रोडक्टको बारेमा समेत तालीमहरु दिँदै आएको थियो भने अब तीनकुने शाखाबाट तालीमको साथमा व्युटिसियन सम्बन्धि सेवा पनि प्रदान गर्ने जनाएको छ । एक दशक अगाडी ललितपुरको प्रयागपोखरीबाट शुरु भएको सेन्टर पछि गएर महापालबाट संचालन भइरहेको थियो भने अहिले तीनकुने शाखालाई एकेडमिको अवधारणामा संचालन गर्न लागेको सेन्टरकी संचालन ताम्राकारले जानकारी दिइन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
