Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विराटनगरमा घरायसी विवादमा छोराले छुरा प्रहार गरी बुबाको हत्या


  • शुक्रबार, मंसिर २८ २०७५

  • विराटनगरमा घरायसी विवादमा  छोराले छुरा प्रहार गरी बुबाको हत्या

    विराटनगर– घरायसी विवादमा विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ ।
    विराटनगर– १७ का २२ बर्षका चुनु मण्डलले छुरा प्रहार गर्दा बुबा शशी मण्डलको मृत्यु भएको छ । चुनुकै छुरा प्रहारबाट दाजु आकाश पनि घाइते भएका छन् ।
    बिहीबार राति छुरा प्रहारबाट घाइते भएका शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पुर्‍याइएको थियो । उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
    बिहीबार शशी मण्डल, जेठी श्रीमतीको आकाश मिया मण्डल र शशी मण्डलको कान्छी श्रीमतीका छोरा चुनु मण्डलबीच घरायसी विषयमा विवाद भएको थियो । विवादकै क्रममा मादक पदार्थ सेवन गरेका चुनुले छुरा प्रहार गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । छुरा प्रहारबाट घाइते भएका आकाश मण्डलको नोबेल मेडिकल कलेजमा उपचार भैरहेको छ ।

    बुबा र दाजुलाई छुरा प्रहार गरी फरार भएका मण्डललाई प्रहरीले नेपाल भारतको सीमा क्षेत्रबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको छ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij