Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृहमन्त्री थापा र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता


  • बिहिबार, मंसिर २७ २०७५

  • गृहमन्त्री थापा र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता

    काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा‘ र चीनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा व्युरोका महानिर्देशक झाङ होङ्बोबीच भेटवार्ता भएको छ ।
    आज गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो ।
    गृहमन्त्री थापाले नेपाल र चीनको तिब्बतबीच परापूर्वकाल देखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजान आवश्यक रहेको बताए ।
    मन्त्री थापाले तिब्बतसँगको नाकामा अध्यागमन कार्यालय विस्तार तथा स्तरोन्नतीका कामलाई नेपालले प्राथमिकतामा राखेर काम गरीरहेको भन्दै सीमा व्यवस्थापनका विषयमा तिब्बतसँग सहकार्य गर्न आफुहरु इच्छुक रहेको बताए ।
    भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरे ।

    त्यसैगरी महानिर्देशक होङ्बोले नेपालमा चिन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनिय रहेको बताए । उनले नेपालका कानुन कार्यान्वयन गर्ने निकाय र तिब्बतका कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij