Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भक्तपुरबाट १४ वर्षीय बालिका बलात्कारको अभियोगमा एक जना पक्राउ


  • सोमबार, मंसिर २४ २०७५

  • भक्तपुरबाट १४ वर्षीय बालिका बलात्कारको अभियोगमा  एक जना पक्राउ

    भक्तपुर– १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भक्तपुरको सूर्यविनायक नगरपालिका ८ जगातीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    सिन्धुली कपिलाकोट गाउँपालिका ६ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुली मरिण गाउँपालिका ४ का २० वर्षीय पाल्जेन दोर्जे थिङलाई प्रहरीले पक्राउ गरेको हो ।
    थिङले आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यसबारे अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij