Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझायो


  • आइतबार, मंसिर २३ २०७५

  • राष्ट्रिय मानवअधिकार आयोगले  राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझायो

    काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ (१)  अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिवेदन पेश गर्दै आयोगका अध्यक्ष शर्माले गएको एक वर्षमा मानवअधिकारसम्बन्धी १५२ उजुरी दर्ता भएको जानकारी गराए । पुराना तथा नयाँ गरी ३५० उजुरीमाथि अनुसन्धान सम्पन्न भएको र ४६३ पटक अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    ‘सबैका लागि घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने नारालाई प्राथमिकतामा राखी आयोगले ३२४ वटा संवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको प्रतिवेदनमा जनाइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij