बुटवल -अर्घाखाँचीको शितगंगा नगरपालिकाकी एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।
शितगंगानगरपालिका–१३ स्थित एक विद्यालयको शिशु कक्षामा अध्ययनरत बालिकामाथि स्कुलबाट घर फर्कने क्रममा बलात्कार भएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त छ ।बालिका बलात्कार अभियोगमा प्रहरीले नगरपालिकाको वडा नं १३ सिमलपानीका ४० वर्षीय राजु भनिने देवबहादुर सुनाखरीलाई पक्रेको छ । सुनाखरीले अपराध स्वीकारेको र कानूनअनुसार कारबाही प्रक्रिया अघि बढेको डीएसपी मल्लले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
