Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्च अदालतद्धारा भ्रष्टाचारको मुद्दामा पूर्वआईजीपी बोहोरालाई सफाई


  • शुक्रबार, मंसिर २१ २०७५

  • सर्वोच्च अदालतद्धारा भ्रष्टाचारको मुद्दामा पूर्वआईजीपी बोहोरालाई सफाई

    काठमाडौं -सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वआईजीपी मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दाबाट सफाई दिएको छ ।

    बिहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलाशले पूर्वआईजीपी बोहोरालाई भ्रष्टाचारको मुद्दामा सफाई दिएका हुन । पूर्वआईजीपी बोहरासहित उनका छोरा, छोरी र श्रीमतीले पनि सफाई पाएका छन् ।

    यसअघि २०६८ साल चैत २१ गते विशेष अदालत काठमाडौंले बोहोरालाई भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र करिब २७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    पूर्वआईजीपी बोहोराले सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरि करिब २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई डेढ वर्ष कैद र करिब २७ लाख नै बिगो र जरिवाना भराउने फैसला सुनाएको थियो ।

    विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै पूर्वआईजीपी बोहोराले २०६९ साल पुष ११ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij