काठमाडौं– सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
स्वतन्त्र मधेस देश बनाउने भन्दै अभियान थालेका राउतको सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरेको हो।
कात्तिक १२ गते राउतको रिहाइ माग्दै जयकान्त राउतले बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए।
रौतहट राज्यविरूद्धको संगठित कसुरमा लागेको भन्दै रौतहट प्रहरीले पछिल्लो पटक राउतलाई असोज २१ गते पक्राउ गरेको थियो।
उनका आफन्तले जिल्ला अदालत रौतहटमा हालेको बन्दी प्रत्यक्षीकरणको रिट पनि खारेज भएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
