Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु


  • सोमबार, मंसिर १७ २०७५

  • कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु

    कैलाली– कैलालीको टीकापुरमा आइतबार राति भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।
    टीकापुर नगरपालिका–७ खैरीमा राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल गोरुगाडा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो। उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
    मोटरसाइकल चालक पवन पाण्डेको हात भाच्चिएको छ, उनको कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते गोरुगाडा चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ।
    यस्तै टीकापुर नगरपालिका वडा नं २ बन्दीपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक अस्नेहरीकाआशिष चौधरी घाइते भई उपचारका लागि कोहलपुर लगिएकोमा उनको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलमा सवार महेन्द्र चौधरीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij