Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

घुस लिएको आरोपमा असई निलम्बित


  • सोमबार, मंसिर १७ २०७५

  • घुस लिएको आरोपमा असई निलम्बित

    पर्सा -सीमा नाकामा तस्करी गर्ने व्यवसायीसँग घूस लिएको अभियोगमा पर्सा प्रहरीले प्रहरी सहायक निरीक्षकलाई निलम्बन गरेको छ।
    निलम्बनमा पर्नेमा प्रहरी चौकी गुणगाईंमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद साह छन्। उनलाई शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले घूस लिँदालिँदै पक्राउ गरेको थियो।
    प्रहरी आन्तरिक शुद्धिकरण अभियान अन्तर्गत खटिएको टोलीले असई साहलाई रंगेहात पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
    एक व्यवसायीसँग छ हजार पाँच सय घूस लिइरहेको बखत साह पक्राउ परेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी रेवती ढकालले साहको बयानमा चित्तबुझ्ने आधार नदेखिएपछि निलम्बन गरिएको बताए।
    साहलाई निलम्बनका लागि आइतबार प्रदेश नम्बर २ प्रहरीमा लेखी पठाइएको थियो। प्रदेश प्रहरीले साहको निलम्बन स्वीकृत गरेको एसपी ढकालले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij