Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान


  • शनिबार, मंसिर १५ २०७५

  • राष्ट्रपति विद्यादेवी भण्डारी  पोल्याण्ड प्रस्थान

    काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान गरेकी छिन् ।  राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी आन्द्रेइज सेवास्टीन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार बिहान त्यस तर्फ प्रस्थान गरेकी हुन् ।  उनीसंगै सांसदहरु पूर्णाकुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, रामसहायक प्रसाद यादव, चन्द्रा चौधरी पनि सो कार्यक्रममा सहभागी हुने छन् । त्यसैगरी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि त्यसतर्फ गएका छन् ।  त्यसैगरी राष्ट्रपति कार्यालयका अधिकारीहरु, परराष्ट्र र वन मन्त्रालयका अधिकारी पनि राष्ट्रपतिको पोल्याण्ड भ्रमण टोलीमा सहभागी छन् ।
    उनी पोल्याण्डको कातोविचमा आयोजना हुने संयुक्तराष्ट्रसंघीय जलवायु परिर्वतन सम्बन्धी महासन्धी कोप २४ को उद्घाटन समारोहमा सहभागी हुनेछिन् ।
    कोप २४ को उद्घाटन कार्यक्रममा सहभागी भएपछि सोमबार राष्ट्रपतिले उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिले आईतबार नै जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले गर्ने कार्यक्रममा सम्बोधन गर्ने बताइएको छ । त्यसैगरी राष्ट्रसंघीय महासभाकी अध्यक्ष फर्नाण्डा स्पीनोस गार्सियस र राष्ट्रपतिबीच साईडलाईन भेट हुने कार्यतालिका छ ।  राष्ट्रपति भण्डारी मंसिर २० गते विहिबार बिहान स्वदेश फर्कने कार्यक्रम छ । त्यसैगरी सोमबार सांझ उनी पोल्याण्डका राष्ट्रपतिले सहभागी देशका सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुने कार्यतालिका छ । मंगलबार राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति डुडासंगै कातोबीचमा दुईपक्षीय भेटघाटको कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीलाई विदाई गर्न उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमत्री एवं रक्षा मन्त्री इश्वर पोखरेल , गृहमन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij