सरकारले काठमाडौं उपत्यकाका सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ।
महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ।
यसअघि महाशाखाले मंसिर १३ देखि १६ सम्म उपत्यकामा जोर बिजोर नियम लागू गरेको थियो।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि जनतालाई सास्ती दिएको भन्दै जोर बिजोर प्रणालीको विरोध भएको थियो।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
