काठमाडौं – शुक्रवार काठमाडौंको सङ्कमा अनौठो दृष्य देखियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको मुख्य हिस्सेदार नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्री दाहालको राजिनामा माग्दै जुलुस निकालेको दृष्य देखियो ।
शिंहदरवार – वालुवाटार मार्च नाम दिइएको उक्त विरोध जुलुस सरकारले एनसेल विक्रि प्रकरण, सुन तस्करी प्रकारण र बालकुमारी घटनाका दोषीलाई कारवाही नगरेको विरोधमा भएको नेविसंघका अगुवाले बताए । आफ्नै पार्टी सरकारमा रहेको बेला प्रधानमन्त्री कै राजिनामा माग्दै सङ्क प्रर्दशन गरिनु आफैमा अनौठो छ । विरोधमा सहभागी भएकाहरुले प्रधानमन्त्रीको राजिनामा माग्दै नारा लगाएका थिए ।
उक्त विरोध कांग्रेस संस्थापन इतर समूह निकट नेविसंघका अगुवाहरुले निकालेको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
