काठमाडौं – दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचर ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छिन । नेपाल भ्रमणमा रहेको लाउबाचर दाहाललाई भेट्न प्रधानमन्त्री निवास वालुवाटार पुगेकी थिइन ।
उनी अमेरिकी राष्ट्रपतिका विषेश सहायक समेत हुन । भेटमा दुइ देश विचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
