नौँ महिना आमाको गर्भमा बसे गुम्म परी
गरे प्रार्थना ईश्वरलाई निस्कन पाउँ भनि
जब आए पृथ्वीमा संसार हेर्न भनि
तब च्या गरी रोए अनि बिर्से उनलाई पनि
बित्दै गए दिनहरू बढ्दै गए म पनि
ईच्छाहरु बढ्दै गए भौतिक सुख प्रति
अग्रजहरुले भन्नु हुन्थ्यो भक्ति गर्न पर्छ
धर्म गरी भवसागर पार गर्नुपर्छ
झुटा लागे उहाहरूका महान् वाणी पनि
संझन्छु ति दिनहरु फर्कन्नन् केही गरी
नत सिकाए सन्ततिलाई सत् कर्म गर्न
नत कुनै संस्कार नत असल कर्म
नसक्छु अब सल्लाह दिन उनीहरूलाई
नखान पाउछु मैले नत खाट सुतनलाई
पाप गरे जीवन भरी थाहाँ भएन मलाई
मात्र अन्त्येष्टि कर्म चाही गरिदिए हुन्थ्यो मलाई
दुख दिए यमराजले सही सक्नु भएन
मानव हुनुमा कुनै औचित्य रहेन
असी कटे भक्ति गर्छु भन्ने सोचेको थिएँ
अल्प आयुमा मृत्यु भयो अब के नै गर्ने
मौका मै हो हीरा फोर्ने भन्नु हुन्थ्यो बाले
कृतघ्न भई टारीदिए बचनहरू मैले
पुर्खाले चलाएँका नियमहरु पालन गर्ने गरौँ
बाचुन्जेल भगवानको नाम जप गरौँ
बिश्वास नगरे मैले जस्तै तिमीलाई रूनु पर्छ
बालैदेखि सज्जनको संगत गर्नु पर्छ
नछुटाउनु बिशेषगरी सोह्रवटा संस्कार
शास्त्रहरुको अध्ययन गरी चलाउनु घरबार
(सृजनाकार, निम्वार्क दर्शन केन्द्र कक्षा ६
गैडाकोट, नवलपुरमा अध्ययनरत छन् ।)
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
