Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने 


  • आइतबार, असोज २४ २०७८

  • पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने 

    २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रका स्वर्गीय अग्रज स्रष्टाहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिने भएको छ ।

    पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरुपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्ड-२०७८ मा नेपाली गीतसंगीतको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोले स्व. प्रेमप्रकाश मल्ल, स्व. जंगबहादुर गन्धर्व, स्व.मधुबाबु थापा, स्व. नारायण पाण्डे र स्व. मथुरा प्रसाद श्रेष्ठलाई मरणोप्रान्त सम्मान गरिने कार्यक्रम निर्देशक केएल पीडितले बताउनु भयो । त्यस अवसरमा जीवित अग्रज स्रष्टाहरुलाई दीर्घ संगीत साधना सम्मान प्रदान गरिनेछ भने केही विशिष्ट प्रतिभाहरुलाई अभिनन्दन तथा पुरस्कृत गरिने छ । साथै त्यस अवसरमा राप्ती क्षेत्रका विभिन्न जाति तथा समुदायका साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले बताउनु भयो ।

    अवार्ड वितरण समारोहमा लुम्बिनी प्रदेशका सभामुख एवं जनवादी कवि, गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

    राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी आयोजना गरिए उत्सर्ग संगीत अवार्ड २०७८ मा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिनेछ ।

    अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरुले आगामी कार्तिक १६ गतेसम्म सिर्जना पठाइसक्नु पर्ने कार्यक्रम उपनिर्देशक शर्माले बताउनु भयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij