काठमाडौं – सरकार विरुद्ध आन्दोलन गरिरहेका विपक्षी गठबन्धनलाई नागरिक समाज र पेशागत संगठनले गठबन्धन कसिलो बनाएर शसक्त ढंगवाट संविधानको रक्षाका लागी अघि बढ्न सुझाव दिएका छन् । संसद भवनको लोत्से हलमा आयोजित छलफलमा नागरिक अगुवाले विपक्षी गठबन्धनका नेताहरुलाई विगतको गल्ती सच्चाएर अधि बढ्न सुझाव दिए ।
नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्यले संविधान र लोकतन्त्रको पक्षमा भएको आन्दोलनमा संचार क्षेत्रको साथ रहने बताए ।महासंघकै अर्का पूर्वसभापति तारानाथ दाहालले ओली सरकारले प्रेस विरोधी कानुनहरू ल्याउदा दलहरुले शसक्त विरोध नगरेको बताए । प्रेस तथा अभियक्ति स्वतन्त्रता र नगरिक अधिकारका पक्षमा विपक्षी गठबन्धनको प्रष्ट प्रतिबद्धता आवश्यक रहेको बताए ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले दलहरुले गल्ती गरेको सम्झाउदै अब नयाँ ढंगबाट अघि बढ्न सुझाव दिए । वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले संविधान प्रहार भएको र त्यस विरुद्ध कानुन व्यवसायीहरु लडिरहेको बताए ।
छलफलमा वरिष्ठ अधिवक्ताहरु प्रेमबहादुर खड्का, हरिहर दाहाल, रमण श्रेष्ठ चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, अधिकारवादी कपिल श्रेष्ठ लगाएतले गठबन्धनका नेताहरुलाई सुझाव दिएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
