काठमाडौं – अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीमा एउटा तीन तले घर बगाएको छ । इन्द्रावती नदीमा आएको बाढीले घर बगाएको हो । मेलम्ची नदिले बगाएर लेदोका कारण इन्द्रावतीले मेलम्ची बजार क्षेत्रमा कटान गरिरहेको र बिहानै गोपाल दुलालको तीनतले घर बगाएको हो । असार १ र ३ गते आएको बाढीले मेलम्ची बजारका सैयौं घर परिवार विस्थापित छन । केहि व्यक्ति अहिले पनि हराइरहेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
