Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्क्याएकोमा पत्रकार महासंघको आपत्ति


  • बुधबार, असार २ २०७८

  • ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्क्याएकोमा पत्रकार महासंघको आपत्ति

    काठमाडौ – समाचार प्रसारण भएको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको थियो । सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको ‘वाइलाइन’ कार्यक्रम अर्न्तर्गत समाचार सामग्री प्रसारण भएपछि निज शाहीले असार १ गते पत्रकार श्रेष्ठलाई फोन गरी आफू र कार्यक्रमका प्रस्तोता बस्नेतलाई पनि अपशब्द प्रयोग गर्दै धम्क्याएको पीडित पत्रकारले महासंघमा जानकारी गराएको महासचिव रोशन पुरीद्धारा जारी विज्ञातीमा जनाइएको छ ।

    प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग महासंघले माग गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij