Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले १४ वाग्मती प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण (पूर्णपाठसहित)


  • सोमबार, जेष्ठ १० २०७८

  • एमाले १४ वाग्मती प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण (पूर्णपाठसहित)

    काठमाडौं- राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टी निर्देशन विपरित मतदान गरेका नेकपा एमालेको प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् ।
    पार्टी उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारको पक्षमा मतदान गरेको भन्दै प्रदेश संसदीय बोर्डले उनीहरुलाई स्पष्टिकरण सोधेको थियो ।

    स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएका हुन् । बोर्डको शनिबारको बैठकले अष्टलक्ष्मी शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीसँग स्पष्टीकरण माग गरेको थियो ।

    प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतकले बताएका छन् ।

     

    हेर्नुस स्पष्टीकरणको पूर्णपाठ

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij