काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्ता सकिएको छ । कांग्रेसले ओलीलाई वैसाख २७ गते संसदमा विश्वासको मत दिन नसक्ने जवाफ दिएको सह – महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । छलफलमा प्रधानमन्त्री ओलीले आफुलाई विश्वासको मत दिएर सघाउन आग्रह गरेका थिए ।
कांग्रेसले सरकारको भनाइ र गराइमा अन्तर भएकाले विश्वासको वातावरण निर्माण नभएको जवाफ दिएको छ । छलफलमा सरकारले कोभिड नियन्गणमा प्रभावकारी काम गर्न नसकेको विषयलाई कांग्रेसले उठाएको सह- महामन्त्री महतले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
