काठमाडौं– नेकपा एमालेको केन्द्रीय समितिको बैठकले १०औँ राष्ट्रिय महाधिवेशन गर्नका लागि २६४ जनाको बनाएको महाधिवेशन आयोजक समितिको नामावली सार्वजनिक भएको छ । परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते एमाले केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।
जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहेका छन् । तर सो निर्णयको माधव नेपाल पक्षले भने विरोध गर्दै आएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
