Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा एमाले र जसपाबीचको वार्ता निष्कर्षविहीन


  • मंगलबार, चैत्र १० २०७७

  • नेकपा एमाले र जसपाबीचको वार्ता निष्कर्षविहीन

    काठमाडौँ – सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच मंगलबार बालुवाटारमा छलफल सकिएको छ । दुई दलबीच सत्ता सहकार्यबारे कार्यदल स्तरमा छलफल भएपनि कुनै सहमति हुन नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता, लाल आयोगको प्रतिवेदन कार्यान्वयन लगायतको विषयमा छलफल भएपनि कुनै सहमति नभएको कार्यदलका सदस्य समेत रहेका लक्ष्मणलाल कर्णले बताए ।

    यद्यपी छलफललाई निरन्तरता दिने सहमति भएको उनले बताए । वार्ताका लागि गठन भएको कार्यदलमा सरकारको तर्फबाट सुवास नेम्वाङ, डा.राजन भट्टराई र विष्णु पौडेल रहेका छन् भने जसपा नेपालको तर्फबाट कर्णसहित सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij